पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ८ः५५ बजेको समयमा ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमला, बाटाको व्यापार गर्ने इस्श्रावती कुमारीसहित ३ जना घाइते भएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
गम्भिर घाइते इस्श्रावतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारको लागि लगिएकोमा १०ः३८ बजे मृत घोषणा गरेको हो ।
दुर्घटनामा परी तनहुँ म्याग्दे ८ का ३६ वर्षीय रामजी गन्धर्भ र पर्सा जिला दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् ।
उनीहरुको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता विकले जानकारी दिए । उनका अनुसार उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।
लेखनाथ महोत्सवको गेट बाहिर स्टल व्यापारी भन्दा धेरै फुटपाथ व्यापारी थुप्रिएर भीडभाड बढेपछि यसलाई हटाउन माग भएको थियो ।
तर, बाहिर फुटपाथ व्यापारी आन्दोलित भए । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले पनि हटाउन सक्रियता देखाएन । अहिलेको मानवीय क्षति यही व्यवस्थापन गर्न नसकेर भएको स्थानीयको बुझाई छ ।
त्यहाँका पत्रकार सन्दीप पौडेलले फेसबुकमा लेखेका छन् : आजको लेखनाथ महोत्सव स्थलमा दुर्घटनाको जिम्मा फुटपाथ हटाउन नसक्ने निरीह पोखरा महानगर प्रहरी र चुईंक्क नबोल्ने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले लिनुपर्छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो