पोखरा । मित्रमिलन सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पूर्पक्षका लागि थुनामा परेका छन् । कास्की जिल्ला अदालतले आज उनीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पूर्व रजिस्ट्रार पराजुलीसहित सहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ ।
पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । पर्वतका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उनी पुस ११ गते नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । बयानका क्रममा पराजुलीले घुस लिएकाे विषयमा इन्कारी बयान दिएका थिए ।
मित्र सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कात्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमा थिए । त्यसपछि प्रहरीले कुल ४ जनालाई पक्रेको छ । रमण पौडेल, किरण अधिकारी, उदयबहादुर पराजुली, गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालमात्र पक्राउ पर्दा दुई दर्जभन्दा बढीचाहिँ फरार छन् ।
जसका विरुद्ध जाहेरी छ
रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली

सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस