पोखरा । पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ ।
‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका छौं’, लिगलले भने,‘ राइला कार्यक्रम यसवर्ष हामीले पोखरामा आयोजना गर्दै छौं पोखराको सम्पूर्ण क्लब यसको तयारीमा लागि परेका छौं ।’
उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए ।
‘रोटरी युथ लिडरसिप अवार्ड (राइला) को मुख्य उद्धेश्य भनेको युवाहरुलाई नेतृत्वदायी बनाउने हो, युवाहरुलाई दुव्र्यसनी र नराम्रो काममा लाग्नबाट बचाउने कार्यक्रमको उद्धेश्यको हो’, उनले भने, ‘यो अवार्ड विभिन्न उमेर समूहका युवाहरुलाई वितरण गर्दै गर्दै आएका छौं यस वर्ष भने हामीले १६–२० वर्ष उमेरसमूहका लागि वितरण गर्दै छौं ।’
राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पुर्याउने बताउँदै उनले चार दिनको कार्यक्रममा युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्ने बताए । उनका अनुसार यसपटकको अवार्ड कार्यक्रममा नागरिकको अधिकार र कर्तव्य सम्बन्धि विषयसमेत समावेश गरिएको छ ।
‘कुनै पनि देशको नागरिकको देशको विकास के छ के हुँदै छ भन्ने जान्न पाउने अधिकारी नागरिकको हो, त्यसैले वर्षको अवार्ड कार्यक्रममा नागरिकको अधिकार के हो ? भन्ने विषयपनि समावेश गरेका छौं ।’
रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ