राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने लमजुङका सन्तोष रानाभाट १० दिनपछि छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई मंगलबार आर्थिक कारबाही नगरी साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
गत ७ पुस गते पोखरा अमरसिंह चौरमा आयोजित स्वतन्त्र पार्टीको सभामा रानाभाटले लामिछानेलाई मकैको खोया हानेका थिए ।
रविलाई मकैको खोयाले हानेको आरोपमा पक्राउ परेका रानाभाटलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको थियो ।
लमजुङको राइनास नगरपालिका–८ स्थायी घर भएका ३७ वर्षीय रानाभाट पोखरा बस्दै आएका छन्।
लामिछानेले भने आफूलाई मकैको खोयाले आक्रमण गरे पनि रानाभाटलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका थिए ।
स्टेजमा मन्तव्य राखिरहेका बेला मकैको खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएकाले कारबाही नगर्न उनले आग्रह गरे।
‘सुरक्षा निकायका साथीहरू, उहाँलाई छाडिदिनुहोला, ससम्मान घर पुर्याइदिनुहोला,’ लामिछानेले आफूतर्फ फालिएका मकैको खोया देखाउँदै मञ्चबाट भने, ‘उहाँलाई कुनै समस्या छ भने पनि समाधान गर्न सबैभन्दा अग्रपंक्तिमा बस्ने बाचा गर्छु।’
प्रहार भएको खोया हातमा लिँदै कार्यक्रमको माइकबाटै सभापति लामिछानेले रानाभाटले हानेको खोया सुरक्षित र संरक्षण गरेर राख्ने बताएका थिए। ‘म यसलाई घरको भित्तामा झुन्डाएर सुरक्षित राख्छु। कुहिन पनि दिदिँन।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ