पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरा लेडी जेसीज वर्ष २०२४ का अध्यक्ष गायत्री फुयाँल र पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पदभार ग्रहण गरेका हुन् ।
पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष लक्ष्मी कुँवरले फुँयाललाई र पोखरा जेसीज निवर्तमान अध्यक्ष गणेश गिरीले शर्मालाई पदभार हस्तान्तरण गरेका हुन् । त्यसपछि नवनिर्वाचित अध्यक्षद्वय फुँयाल र शर्माले आफ्नो समितिलाई सपथ खुवाएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष रविन पोखरेलले नवनिर्वाचित दुवै संस्थाका अध्यक्षलाई युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रियतापूर्वक लाग्न निर्देशन दिए । युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीस भएको उल्लेख गर्दै उनले हरेक कार्यमा संस्थाको गरिमालाई ख्याल गर्न आग्रह गरे ।
कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसीआई म्याग्दीका बर्ष २०२३ का अध्यक्ष सुमन बानियाँ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, चेम्वर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनुवार, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, पोखरा जेसीजका पूर्वअध्यक्ष ईश्वर कर्माचार्य, क्षेत्र (ख) निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर अनुप सुनुवार घिमिरेलगायले बोलेका थिए ।

सो अवसरमा पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा र कार्यक्रम संयोजक राजेन्द्र रानाभाटले धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक ईशा आलले स्वागत, पोखरा जेसीजका सचिव तिलक पौडेल र पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सुनिता गौतम भण्डारीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा क्रिस्टल मन्टेश्वरीका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ