पोखरा । रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।
‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेने नै काम गर्ने प्रतिवद्धता गरेको छु’, सुनारले भने, ‘आजको स्वास्थ्य शिविर आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई मध्यनजर गरेर सञ्चालन गरेका छौं ।’
उनका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी, श्वास कास शिर रोग, स्त्री तथा प्रसुति रोग, पेट सम्बन्धी रोग र गुद्द्धार सम्बन्धी रोगको निशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो ।
रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर पिडिजी किरणलाल श्रेष्ठले गरेका थिए । पोखरा महानगरपालिका–१७ वडा कार्यालय,बाराही टोल सुधार समिति र पुल्चोक टोल सुधार समितिको स्थानीय व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’