पोखरा घुम्न आएपछि प्याराग्लाइडिङ चढेर हावामा कावा खाने रहर सबैलाई लाग्छ । केही समय अघिसम्म एक उडानकै १२ हजार रुपैंया शुल्क तिर्नुपर्दा कतिले आँट्न सकेका थिएनन् ।
प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि अहिले भने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले ३ देखि ४ हजार रुपैयाँमा उडाउन थालेका छन्। १५ देखि २० मिनेट उड्न सक्नेछन् ।
प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै २ सातासम्म उडान अवरुद्ध भएको थियो।
हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो।
अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यवसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यवसायीले नै बताएका छन्।
व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो