पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरेको हो ।
महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो ।
र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक बिनोद श्रेष्ठले पोखरा महोत्सव सामाजिक सेवाका लागि आयोजना गरिएको महोत्सव भएकाले महोत्सवको सुरक्षामा आफ्नो युनिटले सहकार्य आयोजक संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
र्यालीमा महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, महोत्सव आयोजक, महोत्सव सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।
महोत्सवको बिहीबार दिनको १ बजे प्रतिनिधी सभाका सभामुख सम्माननीय देबराज घिमिरेले उद्घाटन गर्नेछन् । महोत्सव पूर्व पोखरा रंगशालाबाट महोत्सव स्थल अमरसिंह मैदान सम्म झांकी र र्याली सहितको सहभागीता रहने छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ