पोखरा । कास्कीको मादी गाउँपालिकाभित्र चल्ने सवारी भाडा दर समायोजन गरी एकरुपता ल्याउन र भाडादर सार्वजनिक गर्न नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गाउँपालिका नेतृत्वसँग माग गरेको छ ।
अनेरास्ववियु मादी गाउँपालिका कमिटीले सडकअनुरूप गाडीभाडा दर समायोजन गरी एकरुपता ल्याउन माग गर्दै बिहीबार गाउँपालिका अध्यक्ष देविजंग गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । ‘लामो समयदेखि यातायात व्यवसायीले गर्दा आएको एकलौटीप्रति अनेरास्ववियु मादी गाउँपालिका घोर भत्र्सना गर्दछ । छिटोभन्दा छिटो वैज्ञानिक पद्धतिअनुसार कालोपत्रे, ग्राभेल सडक र कच्ची सडकअनुरूप गाडीभाडा दर समायोजन गरी एकरुपता ल्याउन र भाडादर सार्वजनिक गर्न माग राख्दछौं,’ पत्रमा भनिएको छ ।
सवारीसाधनले विद्यार्थी परिचय पत्र, ज्येष्ठ नागरिक र अपाङ्गताको आधारमा गाडीभाडा छुट नदिएको र केही बस तथा जीपमा गाडी भाडादर सुची नराखिएको पाइएकोले गाउँपालिकाको ध्यानाकर्षण गराइएको अनेरास्ववियु गाउँपालिका कमिटी अध्यक्ष प्रदीप सापकोटाले बताए । मागहरु सम्बोधन नभए थप ठोस कार्यक्रम गरिने उनले बताए । वैज्ञानिक पद्धतिअनुसार गाडी भाडादर सूची प्रकाशन गर्न साथै विद्यार्थीहरूको हकहितमा रहेको ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग गरिएको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका कोषाध्यक्ष रवि क्षेत्रीले बताए ।
मादी गाउँपालिकामा १२ वटा वडा छन् । यी वडामा बस र जीपले सर्वसाधारणलाई यातायात सेवा दिन्छन् ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह