पोखरा । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर मनाइने भएको छ ।
पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको र्याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।
पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म र्याली निकालिने कोइरालाले बताए ।
ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् ।
अभियानसहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा र्याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ