अमेरिकी डलर भन्दै नेपाली २० को नोट भिडाएर ५ लाख ठगी गर्ने पक्राउ

अमेरिकी डलर भन्दै नेपाली २० को नोट भिडाएर ५ लाख ठगी गर्ने पक्राउ

hasta

काठमाडौं। अमेरिकी डलर देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भइ हाल काठमाडौं दक्षिणकाली -५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसार तामाङले गत पुस ९ गते कीर्तिपुर नगरपालिका -६ चोभार जलबिनायक मन्दिर परिसरमा ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिएर फरार भएका थिए।

उनले पीडितलाई ५० दरको अमेरिकी डलर १ थान दिंदै अन्य डलर रूमालभित्र छ भनी नेपाली २० को २ सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाएर दिइ ठगी गरेका थिए ।

घटनाबारे जानकारी भएपश्चात प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीको टोलीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका-५ नारायणथानबाट फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौ बबरमहलबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको वृत्तको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds