पृथ्वीचोकमा पृथ्वीनारायण शाहको २५ फिटको सालिक राख्ने घोषणा

पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती:

पृथ्वीचोकमा पृथ्वीनारायण शाहको २५ फिटको सालिक राख्ने घोषणा

pn shah pokhara prgrm

पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ ।

शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् ।

उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’

कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाए ।

अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ, इतिहासविद् हरिप्रसाद सोडारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

ट्राफिक सप्ताह -२०८१ सम्पन्न
आजको मौसम पूर्वानुमान

ट्रेन्डिङ


This will close in 4 seconds