कैलाली । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए ।
उनीसँगै दोहोरी साँझमा गएका कृष्णपुर नगरपालिका–४ का २८ वर्षीय टेकबहादुर नायकले घर पु¥याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भएपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
देउवाको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विवादका क्रममा देउवामाथि कुटपिट गरेको आरोपमा उनीसँगै दोहोरी साँझ गएका ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका –९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेका छन् ।
मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’