पोखरामा १५ दिनसम्म चलेको धिमेबाजा र धिमे नाच तालीम सम्पन्न भएको छ ।
नेवा: मिसा पुच: कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नं.३ को सहयोगमा भएको तालिममा ४० जना नेवा युवायुवतीहरुको सहभागीता रहेको थियो ।प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण गराएका थिए ।
तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए ।
उनले पोखरामा भएका नेवा खलः, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताए ।
यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताए ।
उनले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई व्यावसायिकरण गर्नुपर्ने बताए ।
तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन् ।
उनले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधि र सचिवलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ