धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

Truck Accident GandakNews

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

जिल्लाको खनियाबास गाउँपालिका–५ मा बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दाउरा बोकेको ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको हो । उक्त दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ