युवा पुस्तामाझ चर्चित गायिका हुन् एलिना चौहान । मेला महोत्सवमा उनले गाउने धोकेबाज हौ तिमी गीत र भिडियो भाइरल बन्दा चर्चा झनै चुलिएको छ ।
ठाउँठाउँका महोत्सवमा उनले यो गीत गाउँदा सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न गाह्रो देखिन्छ । उनले स्टेजमा गाइरहँदा महोत्सवमा सहभागी युवतीहरु रुँदै, छाती पिट्दै गरेका दृश्य भाइरल भइरहेका देखिएका छन् ।
पोखरामा चाहिँ युवतीहरुले के गर्लान् ? त्यो हेर्न भने महोत्सव पुग्नुपर्छ । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ ।
महोत्सवको नवौँ दिन दिउँसोको स्टेज शो मा एलिना चौहान र साँंझको लाइभ ब्याण्डमा दार्जिलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शुक्रबार एलिनासंगै जिवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छ ।
महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

बद्रीले धेरै धेरै बधाइ छ छाडिजानेलाई, पैैसा सापटी, रातो गलबन्दी, झ्याउरेको तालैमा, चप्पलै छिनियो, ससुरालीमा, पञ्चेबाजा, कान्छि हे कान्छि लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । बद्री संगै बिहीबार जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङ लगायतको प्रस्तुती रहेको थियो ।
त्यसैगरी, सांझको लाइभ ब्याण्डमा सबिन राई एण्ड द फेरोहको लाइभ कन्सर्टमा युवाहरु झुमेका थिए ।
महोत्सवको आठौं दिनमा जारि रहदा दर्शकको भीड लागेको छ भने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ । त्यसैगरी महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ ।
महोत्सवमा अनलाइन मार्फत रेभल एपबाट घरमै बसेर समेत महोत्सवमा आउने दर्शकले टिकट काट्न सक्ने र हरेक दिन तीन जनालाई निःशुल्क टिकटको समेत व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ