पोखरा। नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ । शुक्रबार समितिले पोखरा २१ निर्मलपोखरीमा अवस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई हिंसा, जातिय विभेद तथा साइबर अपराध सम्वन्धि सचेतना गराएको हो ।
कार्यक्रममा समाजमा बढिरहेको हिंसाका घटना, जातिय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो । उक्त घटना तथा अपराधबाट मानिसहरु कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रोकाले पछिल्लो समय प्राय सबैको हात हातमा मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक भएकाले साइबर सम्वन्धि अपराध दिनानुदिन बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानूनी उपचारका विषयमा प्रशिक्षण गराएका थिए ।
प्रशिक्षण अगाडी भएको औपचारिक कार्यक्रममा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीेले सामाजिक सञ्जालको प्रयोग बढेपनि यसबाट हुने दुर्घटनाबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताए । उनले हिंसा, जातिय विभेद तथा साइबर अपराधका विषयमा आफु पनि सचेत हुन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।
कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष सुर्य गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव राजु गिरीले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’