पोखरा । पोखरामा एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् ।
शुक्रबार निवृत्त प्राध्यापक समाज पोखराद्वारा आयोजित उक्त कार्यक्रममा पोखराका १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा, डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्की रहेका छन् ।
समाजमा आवद्ध ७५ वर्ष माथिका निवृत्त प्राध्यापकलाई सम्मान गर्ने क्रममा शसक्तताका कारण उपस्थित हुन नसकेकोलाई निवासमै पुगेर सम्मान गरेको छ ।
सम्मानितमध्येका ज्येष्ठ प्रतिभा जोर्ज जोनले समाजप्रति आभार व्यक्त गर्दै समयको कालक्रममा सहकार्य र सहयात्रा गरेका तीन पुस्तालाई एकै थलोमा भेट्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए ।
प्रा.डा. भूपति ढकाल कमलले प्राध्यापकहरूमा अन्तरनिहित सीप, दक्षता र क्षमतालाई राज्यले सही तरिकाले प्रयोग गर्न सकेको धारणा राखे । उनले प्राध्यापकहरू आफ्नो पदीय मर्यादा बिर्सेर दलीय दलदलमा फस्नु दुःखको कुरा रहेको देखिएकाले संस्था त्यो दलदलबाट माथि रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
डा. बासुदेव भण्डारीले प्राध्यापकको निवृत्त जीवनलाई थप क्रियाशील गराउन संस्थाले स्थापनाको छोटो समयमा गरेका गतिविधिबाट आफू निकै प्रभावित भएको बताए ।
गेहेन्द्रेश्वर कोइरालाले समाजले आफ्ना अभिभावकको योगदानको स्मरण गरेर स्तुत्य कार्य गरेको धारणा राखे ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले राज्यलाई पुर्याएको योगदानको कदर र विभिन्न कालक्रमका सहयात्रीको पुर्नमिलनका रूपमा संस्थाको नीतिनुसार कार्यक्रम आयोजना गरिएको बताए ।
कोषाध्यक्ष चन्द्रकान्त रेग्मीले समाजलाई मजबुद बनाउँदै अगाडि बढाउने उद्देश्यले कोष स्थापनाका लागि जोर्ज जोनबाट एकलाख, बालगोपाल अमात्यबाट ५० हजार र पिताम्बर शर्मा नेपालीबाट २५ हजार रुपैयाँ र अन्यबाट संस्था सञ्चालनका लागि ५–१० हजार स्वेच्छिक सहयो प्राप्त भएको जानकारी दिए ।
कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रा.डा. ज्ञानबहादुर कार्कीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ