इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।
यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरूमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ ।
साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १।१ राउटरसमेत निःशुल्क पाउनेछन् ।
अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिनेछ वा वर्ल्डलिंकको अनलाइन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ ।
यो अफर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’