नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
तामाङ यसअघि थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब हेरिसकेका छन्। तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा नेपाली टोली सम्हाल्ने छन्।
नेपाली टोलीको सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर तथा गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन्।
वाफ महिला च्याम्पियनसिप आगामी फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ। पश्चिम एशियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालले आमन्त्रित टोलीको रुपमा खेल्नेछ।
प्रतियोगितामा जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम सहभागी हुनेछन्। प्रशिक्षकमा नियुक्त भएसँगै तामाङले ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।
प्रारम्भिक नेपाली टोलीः
एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर्र), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी थोकर।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह