गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा बोल्दै उनले सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सूचना मानेर समाचार लेखिनु गलत भएको तर्क गरे ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताए । उनले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे । उनले पुरस्कृत सबै पत्रकारलाई बधाई दिए ।
कार्यक्रममा ७ पत्रकार पुरस्कृत भए । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
नगद २५ हजार राशी भएको गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर) र २०८० बाट ओम हमाल (जनसंचार) पुरस्कृत भए ।
आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) पुरस्कृत भए । दिननाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक र एभरेष्ट एफएम ) र २०८० प्रकाश ढकाल (आदर्श समाज) पुरस्कृत भए । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस्तै, २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत भएकी हुन । पुरस्कृत सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरे ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताइन् । उनले पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारितामा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताइन् । पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनले उल्लेख गरिन् ।
सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफूसहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएता पनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।
सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले बोलेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले दिएका थिए भने सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’