आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो।
प्रतियोगिताअन्तर्गत समूह चरणका अघिल्ला दुई म्याचमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई पन्छाउँदै सुपर सिक्समा स्थान बनाएको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्याे भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।
ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गर्न सकेको हो।
अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। अफगानिस्तानलाई हराउँदा नेपालका आकाश चन्द प्लेयर अफ द म्याच भए। उनले अफगानिस्तानका ५ विकेट लिएका थिए।
टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन पुगे। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भएको थियो।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’