पोखरा । आज शनिबार शनिवार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदैछ । हार्मोनी पोखरा र एभरेस्ट एफएमको सहआयोजनामा पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूट (सरांगकोट एफ एम) छेउमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अपराह्न ५.३० बजेदेखि (ठिक) शुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।
साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।
करीब दुई घण्टासम्म चल्ने कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतीको शुरुवात गरेपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फुल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिनेछन् ।
त्यसपछि, शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फुल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट मार्नेछिन् ।
अघिल्लो वर्षदेखि शुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने जनाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह