पोखरा । कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकको ३५ करोड हिनामिना गरेको बताइन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको पुष्टि गरे । ‘उहाँविरुद्ध नोटिस जारी भएको छ, चाडै उहाँ पक्राउ पर्नुहुनेछ । इन्टरपोटमार्फत् उहाँको खोजी जारी छ,’ उहाँले भन्नुभयो । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली गएको वैशाखदेखि सम्पर्कबाहिर छन् ।
नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरी अभियोग छ । इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध एक हजार पाँच सय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
इमेज सहकारीका अनिता बुढामगर, चित्रबहादुर भण्डारी, शक्ति किसान नरमती बुढा र डोरबहादुर परियार पक्राउ परिसकेका छन् । सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रमुख नेपाली बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा समेत मत दिन आएनन् । यो बिच दुई पटक विभिन्न माध्यमबाट सम्पर्कमा आई नेपालीले आफ्नो जायजेथमा बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न चाहेको जनाएका छन् ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’