लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ‘जे’ को दोस्रो महाधिवेशन पोखरामा

महाधिवेशन

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ‘जे’ को दोस्रो महाधिवेशन पोखरामा

तयारी तीव्र

lions j (1)

पोखरा । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ‘जे’ नेपालले दोस्रो राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागेको छ ।

महिलामात्र सदस्य भएको संसार भरीको पहिलो क्लब लायन्स क्लब अफ पोखरा गण्डकीको आतिथ्यतामा ३ चैत २०८० मा पोखरा सभागृहमा महाधिवेशन गर्न लागिएको मुल आयोजक कमिटिका संयोजक पूजन शाक्यले जानकारी दिइन् ।

महाधिवेशनमा १२ जिल्लाका ५ डिष्ट्रिक्ट अन्तर्गतका क्लबका करिब ६ हजार प्रतिनिधिले भाग लिनेछन् । ‘महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न लायन्सका सदस्यहरु उत्साहितका साथ लागेका छन्,’ संयोजक शाक्यले भनिन्, ‘महाधिवेशनलाई सफल पार्न सम्पूर्ण लायन्स तथा लियो क्लब लगायत सबै संघ, संस्थाको सहयोग रहेको छ ।’ उनले लायन्स महाधिवेशनले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताइन् ।

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गर्न लागिएको महाधिवेशनबाट नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्ने संयोजक शाक्यको दाबी छ । उनले पर्यटन क्षेत्रका सबै संघ संस्थाले आकर्षक छुट सहितको प्याकेज घोषणा गरेको बताइन् ।

महाधिवेशनमा सहभागिताको लागि दर्ता शुल्क २ हजार ५ सय कायम गरिएको छ । लियो क्लबका लागि १ हजार दर्ता शुल्क तोकिएको छ । महाधिवेशन गर्न २५ देखि ३० सम्म लाखसम्म खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिइन् । महाधिवशेनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।

निवर्तमान डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन भव्य र सभ्य हुने बताए । अहिले लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक जे नेपालको गभर्नरमा हरिप्रसाद मरहठ्ठा छन् ।

फर्स्ट भाइस गभर्नर मिलन थापाले सबै विधि र प्रक्रियाबाट नेतृत्व चयन हुने जानकारी दिइन् । लायन्स क्लब अफ पोखरा गण्डकी अध्यक्ष बबी शेरचन, पूर्व अध्यक्ष शारदा पराजुली, भगवती रेग्मी लगायतले लायन्सको महाधिवेशन तयारीबारे बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds