पोखरा । २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ ।
माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् ।
सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी गरिने संग्रहालयले जानकारी दिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।
‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् ।
उक्त अवसरमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर प्रदर्शन गरिने संग्रहालयले जनाएको छ ।
साथै, २१ औं पर्वतीय संग्रहालय महोत्सवको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौंथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौंथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस उत्वसको उद्घाटन पोखराका मेयर धनराज आचार्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा गर्ने संग्रहालयले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’