पाेखरा। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन् ।
प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।
‘देश वहुआयामिक संकट तिर धकेलिरहेको अवस्था छ, यो संकटले समाजमा ठूलो छटपटी, नैराश्य र ब्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारको तर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।
युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । ‘सरकारको पहिलो काम भनेको जनातामा भरोसा दिलाउने हो, कोही नभएपनि सरकारले हामीलाई संरक्षण गर्छ, अप्ठ्यारोमा परेको बेला राज्य छ हाम्रो निम्ति भन्ने एउटा विश्वास जोगाउनु सरकारको पहिलो कर्तव्य हो, तर, सरकार त्यस कुरामा चुक्दै गएको छ’ उनले भने । युवामा नेपाल अब बन्दैन यहाँ बसेर भविष्य छैन भन्ने नैराश्यता थप्ने कार्यमा सरकार उद्धत रहनु चिन्ताको विषय भएको उनले बताए ।
मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे।
देश र जनतालाई कमजोर बनाएर सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीले बताए। देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उनले स्पष्ट पारे।
देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आशिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाए।
ज्ञवालीले सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताए ।
‘अहिले सुनिँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा विमानस्थल र निजगढमा बन्ने भनिएको विमानस्थलसमेत ह्यान्डिल गर्ने सर्तमा निजगढ बनाउन भारतिय कम्पनीलाई दिन खोज्दैछ सरकार ।’ उनले भने ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ