पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापक विष्णुप्रसाद भण्डारी रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं. २३ घर भइ हाल पोखरा-५ बस्दै आएका उनलाई सोमबार राति ८ बजे कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सहकारी रकम हिनामिना प्रकरणमा उनको नाम मुछिएर पक्राउ पूर्जी जारी भएसँगै भण्डारी फरार थिए ।
पक्राउ गरेका भण्डारीलाई मंगलबार अदालत पेस गरिने कास्की प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा फरार भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।
यो सहकारी घोटला प्रकरणमा ३३ जना मुछिएर पक्राउ पुर्जी जारी भएकामा हालसम्म ७ जना पक्राउ गरेका छन् भने बाँकी फरार छन् ।
यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । सहकारी अध्यक्ष स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल, पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारी, पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामै छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो