विवाह समारोहमा सहभागी महिलाको लेडिज व्याग चोरी गरी फरार भएका पोखराका युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलुकी ७ बजे पोखरा ३ नदिपुर स्थित शाक्य समाज घरमा विवाहको पार्टीमा आएकी काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको लेडिज ब्याग चोरेर फरार भएका पोखरा १६ बाटुलेचौर बस्ने ३५ वर्षीय सञ्जय श्रेष्ठ २ घण्टा नबित्दै पक्राउ परेका हुन् ।
स्टेजमा रहेको टेबुलमाथि राखिएको ब्याग श्रेष्ठले चोरी फरार भएका थिए । ब्यागभित्र सुनको टप, तिलहरी र १७ हजार रुपैंया रहेको थियो ।
चोरी भएको भन्ने सूचना पाएपछि तत्काल वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली घटनास्थलमा खटिई हुलियाबमोजिमको व्यक्तिलाई खोजतलास गर्दा नारायणथानमा फेला पारेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई खानतलासी गर्दा लेडिज ब्याग, १२ हजार ५ सय रुपैंया, सुन जस्तो पहेंलो धातुले बनेको दुई टुक्रा परेको तिलहरी, टप फेला परेको छ ।
ती सामाग्री बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको रेग्मीले जानकारी दिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’