पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य शिवराम भण्डारीले आफूलाई महानगरले दिँदै आएको सेवा सुविधा भत्ता आफ्नै वडाको जानकी माविलाई दिने निर्णय गरेका छन् ।
जानकी माविी सितापाइलाको ४६ औं बार्षिकोत्सबको उपलक्ष्यमा आफूले प्राप्त दुई बर्षको सुविधामा १ लाख ४० हजार थप गरेर विद्यालयको हित कोषमा उपलब्ध गराउने घोषणा गरेको विद्यालयका सूचना अधिकारी कमल प्रसाद आचार्यले सराङ्कोट बताएका छन् ।
पोखरा महानगरपालिका १७ मा रहेको जानकी माविले स्थापनाको ४६ औं बर्षगाँठ मनाईरहँदा ३३० जना विद्यार्थीलाई पठनपाठन गर्दै आएको छ ।
हाल ११ र १२ कक्षामा फरेस्ट्री बिषय पढाउँदै आएको छ । तर, विद्यार्थीको अवभाव झेलिरहेको छ । प्राविधिक बिषयमा अध्ययन गराउने उद्देश्यले ल्याएको नयाँ पाठ्यक्रम विद्यार्थीको अभावमा बन्द पो हुने हो कि ? भन्ने चिन्ता गर्छन् वडा नम्बर १७ का जनप्रतिनिधि भण्डारी ।
आफूले विद्यालयको आर्थिक स्रोत बलियो नभएकोले महानगरले दिने सुविधामा ब्यक्तिगत तर्फबाट थपेर स्कूललाई सहयोगको घोषणा गरेको भण्डारीले बताए । उनले आफूले दिएको रकम खर्च कार्यविधि बनाएर प्रदान गर्ने घोषणा गरेका हुन ।
यस्तै, पोखरा वृद्धाश्रम सितापाइलाले ६ कक्षामा अध्ययनरत २३ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने घोषणा गरेको छ । आफै दान लिएर वृद्धाश्रम चलाउँदै आएको संस्थाले पनि सामुदायिक विद्यालयका गरिब विद्यार्थीलाई सहयोग गर्ने कार्य अनुकरणीय रहेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’