पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
होस्टेलमा पढिरहेका विद्यार्थीहरुमाथि डोका थुनेर रड प्रहार गर्ने, कुटपिट गरी होस्टेलको भवनबाट खसाल्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकीले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
लमजुङ कृषि क्याम्पसको होस्टेलमा क्याम्पसमा एमाले र काँग्रेसका भातृ सङ्गठनका सम्बद्ध विद्यार्थीबीच झडप हुँदा १५ विद्यार्थी घाइते भएका थिए । सोही विषयमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘…यो बर्बरतापूर्वक आक्रमण मानवता विरोधी गम्भीर अपराध हो । घटनामा संलग्न रहेका विद्यार्थीहरु यसअघि पनि पटकपटक यस्ता गतिविधीमा संलग्न रहेको पाईएको छ । घटनाका आरोपितहरु आशिष पौडेल, सौरभ उप्रेती, गोविन्द चौधरी, सुरज भट्ट, सपिस सिंम्खडा, आर्यन मह, धुर्व साउद, गोकुल मह, सुनिल बस्नेत विवेक सिंह प्रसन्न चापागाई, तर्कराज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गीतम, सरोज भुपाल, अनुपराज बुढाथोकी, आदित्य बुढाथोकी लगायत संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कानूनी कारबाहीको निम्ति जोडदार माग गर्दछौ।’

सम्बन्धित समाचारः
लमजुङ क्याम्पसमा नेविसंघ समर्थित विद्यार्थीद्वारा अनेरास्ववियुमाथि आक्रमण, १५ जना घाइते
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह