पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
होस्टेलमा पढिरहेका विद्यार्थीहरुमाथि डोका थुनेर रड प्रहार गर्ने, कुटपिट गरी होस्टेलको भवनबाट खसाल्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकीले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
लमजुङ कृषि क्याम्पसको होस्टेलमा क्याम्पसमा एमाले र काँग्रेसका भातृ सङ्गठनका सम्बद्ध विद्यार्थीबीच झडप हुँदा १५ विद्यार्थी घाइते भएका थिए । सोही विषयमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘…यो बर्बरतापूर्वक आक्रमण मानवता विरोधी गम्भीर अपराध हो । घटनामा संलग्न रहेका विद्यार्थीहरु यसअघि पनि पटकपटक यस्ता गतिविधीमा संलग्न रहेको पाईएको छ । घटनाका आरोपितहरु आशिष पौडेल, सौरभ उप्रेती, गोविन्द चौधरी, सुरज भट्ट, सपिस सिंम्खडा, आर्यन मह, धुर्व साउद, गोकुल मह, सुनिल बस्नेत विवेक सिंह प्रसन्न चापागाई, तर्कराज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गीतम, सरोज भुपाल, अनुपराज बुढाथोकी, आदित्य बुढाथोकी लगायत संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कानूनी कारबाहीको निम्ति जोडदार माग गर्दछौ।’

सम्बन्धित समाचारः
लमजुङ क्याम्पसमा नेविसंघ समर्थित विद्यार्थीद्वारा अनेरास्ववियुमाथि आक्रमण, १५ जना घाइते
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’