युवा ज्योतिषी तथा वास्तुविद् अमृत पौडेल शास्त्रीलाई ‘पशुपतिनाथ अवार्ड’

युवा ज्योतिषी तथा वास्तुविद् अमृत पौडेल शास्त्रीलाई ‘पशुपतिनाथ अवार्ड’

Amrit Paudel

पोखराका युवा ज्योतिषी तथा वास्तुविद् अमृत पौडेल शास्त्रीलाई अवार्ड प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनका अवसरमा उनलाई पशुपतिनाथ अवार्ड प्रदान गरिएको हो ।

दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० का अवसरमा शास्त्री सम्मानित भएका हुन् ।

दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेशको तर्फबाट प्रतिनिधित्व गरी उनी उक्त कार्यक्रममा सहभागी भएका थिए ।

बाग्लुङ नगरपालिका वडा नं. ३ रातमाटामा जन्मिएका पौडेल ७ बर्षदेखि पोखरालाई कर्मथलो बनाउँदै आएका छन् । उनले लामो समयदेखि विभिन्न रेडियो टिभीमा ज्योतिष तथा वास्तु परामर्श गर्दै आएका छन् ।

बाल्यकालदेखि गुरुकुलमा रहँदा गुरुकुलको आचरणमा रहेर संस्कृत, ज्योतिष वास्तु बिषयमा गुरुहरुको सामिप्यतामा रहेर अध्ययन अनुभव र अनुसन्धान गर्दै गुरुहरुको निर्देशनमा रहेर ज्योतिष वास्तु सेवा प्रदान गर्दै आईरहेका उनी बताउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds