पाल्पाको तिनाउ गाउँपालिकामा जिप दुर्घटना ८ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकामा जिप दुर्घटना ८ जनाको मृत्यु

426531873_715341797395013_8205428083993436939_n

पाल्पा। मंगलबार अपराह्न पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं -६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा जिपमा सवार आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार साँझ ५ बजे दुर्घटना भएको हो। जिपमा २० जना सवार रहेको बताइएको छ।

तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनका अनुसार दुर्घटनास्थलबाट ८ जनाको शव फेला परेको र केही घाइतेहरूको उद्दार गरी अस्पताल पठाइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds