वीरगञ्ज । पोखराका अग्रज पत्रकार वद्रि विनोद प्रतीक यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले वीरगञ्जमा बुधबार बिहान एक कार्यक्रमका बीच प्रतीकलाई सम्मान गरेको हो । प्रतीकलाई एक तोला सुनको तक्मासहितको पुरस्कार वीरगञ्जका मेयर राजेशमानिसंह श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले प्रदान गरे ।
वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।
गतवर्ष नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष मनिका झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीका अग्रज पत्रकार बैजनाथ झा, सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापालगायतले यो पुरस्कार पाइसकेका छन् ।
प्रेस स्वतन्त्रता सेनानि प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । प्रतीकले नेपाल सरकारबाट बरिष्ठ पत्रकार सम्मान, पोखरा पत्रकारिता सम्मान, गो विन्द वियोगी पत्रकारिता पुरस्कार लगायत प्राप्त गरिसकेका छन् । उनले लामो समय पत्रकारिता विषय अध्यापन पनि गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’