वीरगञ्ज । पोखराका अग्रज पत्रकार वद्रि विनोद प्रतीक यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले वीरगञ्जमा बुधबार बिहान एक कार्यक्रमका बीच प्रतीकलाई सम्मान गरेको हो । प्रतीकलाई एक तोला सुनको तक्मासहितको पुरस्कार वीरगञ्जका मेयर राजेशमानिसंह श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले प्रदान गरे ।
वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।
गतवर्ष नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष मनिका झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीका अग्रज पत्रकार बैजनाथ झा, सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापालगायतले यो पुरस्कार पाइसकेका छन् ।
प्रेस स्वतन्त्रता सेनानि प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । प्रतीकले नेपाल सरकारबाट बरिष्ठ पत्रकार सम्मान, पोखरा पत्रकारिता सम्मान, गो विन्द वियोगी पत्रकारिता पुरस्कार लगायत प्राप्त गरिसकेका छन् । उनले लामो समय पत्रकारिता विषय अध्यापन पनि गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ