पोखरा । पब्लिक टेलिभिजनले आफ्नो पहिलो वार्षिकोत्सव पूरा भएको अवसरमा ५ जना कर्मचारीलाई सम्मान गरेको छ ।
उदीयमान कर्मचारी सम्मान टेलिभिजनका प्राविधिक विवेककुमार विश्वकर्मालाई, सर्वोत्कृष्ट अनुशासित कर्मचारीबाट समाचारशाखाका सपना अधिकारी, वर्षोत्कृष्ट संवाददाता अवार्डबाट विनोद ढुंगाना, सर्वोत्कृष्ट समर्पित कर्मचारी अमृतकुमार भट्टराई, स्टाफ अफ दी इएर अवार्डबाट रघुनाथ वाग्ले सम्मानित भएका हुन् ।
उनीहरुलाई टिभीका अध्यक्ष प्रेमप्रसाद भट्ट, पोखरा महानगरका मेयर धनराज आचार्य र जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापाले सम्मान गरेका हुन् ।
बार्दली मिडिया प्रालिबाट सञ्चालिक पब्लिक फोरके टेलिभिजन दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा मेयर आचार्यले सत्यतथ्य समाचारको खाजीमा टिभीले अग्रणी भूमिका निभाउनुपर्ने बताए ।
उनले प्रविधिले तीव्र फड्को मारिरहेको समयमा टिभीलाई पनि हातहातमै हेर्न मिल्ने गरी सुविधायुक्त बनाउनुपर्ने सुझाए ।
यसैबीच, टिभीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सोमबार दिउँसो पोखरा बन्दै छ ? रात्रिकालीन व्यवसायमा आवद्ध श्रमजीवी महिलाका समस्या र चुनौती विषयमाथि बहस गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ