नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा राज्यको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।
‘अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् ।
बरालले ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचीलको उद्धार, उपचार र प्रकृतिमा पुर्न फकाउने गरी व्यवस्थापनमा चुनौती समेटेर तीन प्रजातिका लाटोकोसेरो उद्धारका फोटो प्रदर्शनी गर्न लागेका हुन् ।
नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश गाउँ गाउँ सम्म पुगेको छ । यो अभियानमा फोटो पत्रकार बराल पनि सक्रिय भइरहेका छन् ।
‘वन्यजन्तुको चोरी निकासी खुलम खुला हुने क्रम रोकिएको छ । सहरमा भालु लिएर हिँडेर पैसा उठाउने क्रम रोकिएको धेरै भएको छ । चरा बिक्री गर्न हिँड्ने जस्ता काम पनि अहिले निकै कम छ । सर्प टोकरीमा लिएर हिँड्ने र नचाउने क्रम पनि अहिले तोडिएको छ । वनका चरा घरमा ल्याएर पाल्ने क्रम पनि कम भएको छ,’ बरालले भने ।
यसरी चरा बिक्री गर्नु गैह्कानुनी हो भन्ने सचेतना बढेकै कारण चरा लिएर हिँडेको देखेमा वन कार्यालयलाई खबर गर्ने क्रम सर्वसाधारणले गर्न थालेको बराल बताउँछन् । उनी भन्छन्, ‘घाइते चरा वन्यजन्तुको उद्धार गरेर संरक्षण कर्मी वा वन कार्यालयमा खबर गर्ने क्रम पनि बढेको छ ।’
तर पनि संरक्षणमा नयाँ नयाँ चुनौती थपिएको बताउँछन् । वन्यजन्तुको भित्र भित्र चोरी सिकारी, विदेश निर्यात हुने क्रम अझै पनि धेरै छ । नेपालमा १३ वर्षदेखि लाटोकोसेरो तथा हुचील संरक्षणकालागि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ ।
गिद्ध संरक्षण अभियानमा लामो समयदेखि लागेका बराल पोखरामा बसेर विशेषतः फोटो पत्रकारिता गर्छन् । उनी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार र संरक्षणमा सक्रिय छन् ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो