पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजबाट स्नातक तह उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा बुधबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ ।
कलेजका प्रिन्सिपल लिना नेगी श्रेष्ठका अनुसार समारोहमा बीबीए र बीसीआईएस कार्यक्रममा गरी कुल ८३ विद्यार्थीहरुलाई ग्रेजुएसन गरिएको थियो । उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल ३ जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । मनिषा पोख्रेल, प्रविणा सुवेदी र पूजा राजभाटलाई विशेष सम्मान गरिएको हो ।
समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हीतमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए ।
कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।
प्रिन्सिपल श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिंदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको दाबी गरिन् । १ हजार १ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र एक दर्जन उपकुलपति पदक र लक्ष्मी विद्या पदक प्राप्त गरिसकेको श्रेष्ठले बताइन् ।
प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीको असली परीक्षा अब सुरु भएको विचार राखिन् । कार्यक्रममा बीबीए कार्यक्रम संयोजक मनोज श्रेष्ठ, बीसीआइएस कार्यक्रम संयोजक हरिप्रसाद बराललगायत वक्ताहरूले विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना गरे ।
सम्मानित विद्यार्थीको तर्फबाट मनिषा पोख्रेलले बोल्दै आजको सफलतामा महत्वपूर्ण हात पीसीएम, अध्यापक गुरूजन, परिवार रहेकाे बताउँदै धन्यवाद व्यक्त गरिन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राडा टंकनाथ शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम उपप्राध्यापक दीपेन्द्र पहारीले सञ्चालन गरेका थिए । कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बीबीए र बीसीआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको छ । कलेजले हालसम्म १७ ब्याच बीबीए र २ ब्याच बीसीआइएस अध्ययन गरेका विद्यार्थी पासआउट गरिसकेको छ ।

सम्बन्धित समाचारः
पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह सम्पन्न
पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) को दीक्षान्त
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो