पाेखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) ले शनिबार १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ।
समारोहमा पोखरा विश्वविद्यालयका म्यानज्मेन्ट संकायका डिन सह प्राडा दयाराज ढकाल र कलेज संचालक समिति अध्यक्ष प्राडा टंकनाथ शर्माले विद्यार्थीलाई दीक्षित गरे । कार्यक्रममा ढकालले कलेजको आफ्नै छुट्टै पहिचान रहेको उल्लेख गरे ।
दीक्षित विद्यार्थीबाट राष्ट्रले धेरै आशा गरेकोले त्यसमा तल्लिन हुन उनको सुझाव थियो । आफूले लिएको ज्ञानले देश र परिवारले गरेको आशा पूरा गर्न सक्नुपर्ने धारणा राखे।
कलेज संचालक समिति अध्यक्ष प्राडा शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनी रहेको उल्लेख गरे ।

प्रिन्सिपल लिना नेगी श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिंदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको दाबी गरिन् ।
सन् २००२ मा २० जना विद्यार्थी लिएर सुरु भएको कलेज २० वर्षमा लागेको उनले जानकारी दिइन् । समारोहमा २०१५ ब्याचका १५, २०१६ ब्याचका ६८ र त्यसअघिका ५ गरी कुल १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।
पोखरा विश्वविद्यालयबाट उपकुलपति पदक प्राप्त गर्न सफल कलेजकी विद्यार्थी विनु श्रेष्ठलाई सम्मान गरिएको थियो । उनी ३.९९ सिजिपिए ल्याउँदै पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तहमै सर्वोत्कष्ट भएकी थिइन् । यसैगरी, उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

यसैसाता पाेखरा विश्वविद्यालकाे दिक्षान्त समाराेह भएकाे थियाे ।
पियूको १७ औं दिक्षान्तमा गोल्ड मेडलिस्ट पीसीएमका बिनुसहित दिक्षीत
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ