पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पसले क्याम्पसस्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगिता गरेको छ । तीन वटा शीर्षकमा अंग्रेजी र नेपाली भाषामा लेख्न सकिने गरी सोमबार प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा क्याम्पसमा अध्ययनरत १६ जना विद्यार्थी सहभागी थिए । शैक्षिक क्षेत्रको सुधारमा विद्यार्थी संगठनको भूमिका, गणतन्त्रभित्र विद्यार्थी आन्दोलनको भूमिका र उच्च शिक्षाको खोजी कि विदेश पलायन ? मध्ये एउटा शीर्षकमा लेख्न सकिने गरेर प्रतियोगिता गरिएको थियो ।

प्रतियोगिताको आगामी १८ फागुन, शुक्रबार घोषणा गरिने क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । पुरस्कार नगद वा शैक्षिक सामग्री के हुन्छ भन्ने गोप्य राखिएको छ ।
सोमबार आयोजित प्रतियोगिताका प्रमुख अतिथि अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले देशका हरेक आन्दोलनमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरु विदेशीनु दुःखद भएको बताए ।
अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष आविष्कार केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष शिव पराजुली, सदस्य दुर्गा पौडेल, आदेश प्रधान, दिपेश पौडेल, पर्वत जिल्ला कमिटी सचिवालय सदस्य प्रसन्न रिजाललगायत सहभागी थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह