पोखरा महानगरपालिका वडा नं. १८ स्थित भावना सामुदायिक कृषि सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि कफी खेतीबारे तालिम दिएको छ ।
तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द्र सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
तालिमको समापन गर्दै वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिम प्राप्तिपछि कफी बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै आयआर्जनसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने बताए ।
कृषिबाट नै आर्थिक रुपान्तरण सम्भव रहेको भन्दै वडाध्यक्ष तिमिल्सिनाले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने कफी खेतीलाई पर्यटकीय स्थल सराङकोटको ब्राण्ड बनाउनुपर्ने बताए ।
भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सीपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन अनुरोध गरे । उनले सबैभन्दा धेरै कृषि कर्ममा लागेको भावना सहकारी नै भएको दाबी गरे । सराङकोटमा बाँदरले दुःख दिने भएपनि कफी खेतीमा बाँदरले असर नगर्ने भएकाले उपयुक्त खेती भएको बताए ।
यस्तै, तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खड्काले तालिमबाट किसान स्वयम् सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीका निर्देशक पवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’