पोखरा । ताप्लेजुङमा ५ वर्षअघि १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अनेरास्ववियु कास्कीले एक कार्यक्रम गरेर सम्झिएको छ ।
छैटौं स्मृति दिवसको अवसरमा अनेरास्ववियु कास्कीले ‘सम्झनामा रविन्द्र अधिकारी’ कार्यक्रम आयोजना गर्दै मंगलबार संगठनका कास्की जिल्ला र केन्द्रका पूर्वाध्यक्ष रवीन्द्रको योगदानको स्मरण गरेका अनेरास्ववियु जिल्ला कमिटी कास्की सन्तोष पोखरेलले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना र प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य एवं रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान अध्यक्ष विद्या भट्टराई अधिकारी थिइन् ।
रविन्द्र अधिकारीले पार्टीमा र संसद खेलेको भूमिका निकै प्रशंसनीय रहेको एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष दिलिप न्यौपानेले बताए । अखिलको राजनीतिभित्र र बाहिर रविन्द्रले खेलेको भूमिकाबारे एमाले जिल्ला कमिटी सदस्य इमान पौडेलले सुनाए ।
कार्यक्रममा अनेरास्ववियु पूर्वउपाध्यक्ष तथा नेकपा एमाले गण्डकीका पूर्व उप-सचिव रश्मि आचार्य, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य बिजय पौडेल, केन्द्रिय सदस्य एवं कास्की ईन्चार्ज अनुप लामिछाने, केन्द्रिय सदस्य बिष्णु पोखरेल, अनिता पौडेल, महेश श्रेष्ठलगायतको उपस्थिति थियो भने कार्यक्रम सन्चालन नेतृ रमिला पौडेलले गरेकी थिइन् ।
रविन्द्र २०४५ सालमा अनेरास्ववियु कास्की अध्यक्ष र २०५६ सालमा केन्द्रिय अध्यक्ष बनेका थिए ।

सम्बन्धित खबर
नयाँ भनिएको पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै छन् : विप्लव
निर्वाचन आचारसंहिता उल्लंघनका सूचना तथा उजुरीका लागि छुट्टै इमेल
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ