धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा

धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा

kutpit-jhagada

धादिङ । धादिङमा सामान उधारो नदिएको भन्दै युवाहरूले एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्।

मंगलबार त्रिपुरासुन्दरी गाउँपालिका–१ पानीट्यांकीस्थित किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर घाइते बनाएका हुन्।

उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमालले कुटपिट गरेर घाइते बनाएका प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका बाबुछोरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएको छ। टाउकोमा चोट लागेका दुवैजनाको उपचारपछि घर फर्किएका छन्।

कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ