एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।
बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो ।
पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सफल भयो ।

अमरसिंहका कल्याण कुमालले सर्वाधिक ३१ रन बनाए । विवश रानाभाटले २७, कल्यान कुमालले ३१, बिमोचन सापकोटाले २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।
बलिङमा प्रतिभाका सन्देश गिरी, निश्चल श्रेष्ठ, कुशल अधिकारी र सत्कार अधिकारीले १/१ एकएक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
प्रतिभाका लागि बब्लु शाहले अर्धशतक प्रहार गरे । उनले ५३ बलमा ५२ रन बनाएर आउट भए ।
राहुल शर्माले २०, रोशन पौडेलले १६, रोहन चन्दले १९ र निश्चल श्रेष्ठले २० रनको योगदान दिए ।
बलिङतर्फ अमरसिंहका रिजन गिरीले २ र कृतज्ञ अधिकारीले १ विकेट लिए । प्रतिभाका बब्लु शाह फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।
अमरसिंहका सुमन पन्त प्लेयर अफ द सिरिज बने । उनले ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।
सगरमाथा माध्यमिक विद्यालयका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याटर र गण्डकी बोर्डिङ स्कुलका समीर पौडेल उत्कृष्ट बलर बने । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, आयोजक संस्था बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पुरस्कार प्रदान गरे ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजनमा फागुन ९ गतेदेखि सुरु प्रतियोगितामा पोखरामा १२ विद्यालय सहभागी भएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’