पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ ।
हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सिप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने, स्वरोजगार हुने मौकालाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सिप हस्तान्तरणको मर्म भएको बताइन् ।
क्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भइ उत्पादन गरेका हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाताले लिने प्रतिवद्धता व्यक्त गरिन् ।
वडा सदस्य गोविन्दबहादुर सिग्देल, शान्तबहादुर थापा, वडा सचिव महेश्वर अर्याल, लेखा संयोजक विवेचन घिमिरे लगायतका वक्ताले प्रशिक्षार्थीलाई लगनशील भई तालिममा सहभागिता जनाउन शुभकामना दिएका थिए ।
वडा सदस्य एवम् तालिम संयोजक शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य गुमा परियारले स्वागत मन्तव्य राखेकी थिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ