पोखरा। सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पोखराको पृथ्वीचोक र मुस्ताङचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका -९ बसपार्क बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, पोखरा नागढुङ्गा बस्ने नारायण अधिकारी, श्याम प्रसाद शर्मा, बसपार्क बस्ने विकास कुंवर, पृथ्वीचोक बस्ने बिमल ठकुरी, विकास श्रेष्ठ पोखरा १३ पाटनबेसी बस्ने रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने सविन नेपाली छन् ।
उनीहरूले सर्वसाधारण नागरिक तथा स्वदेशी विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिँदै अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते