पोखरा। सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पोखराको पृथ्वीचोक र मुस्ताङचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका -९ बसपार्क बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, पोखरा नागढुङ्गा बस्ने नारायण अधिकारी, श्याम प्रसाद शर्मा, बसपार्क बस्ने विकास कुंवर, पृथ्वीचोक बस्ने बिमल ठकुरी, विकास श्रेष्ठ पोखरा १३ पाटनबेसी बस्ने रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने सविन नेपाली छन् ।
उनीहरूले सर्वसाधारण नागरिक तथा स्वदेशी विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिँदै अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन