गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ को आयोजना तथा नेपाल रेडक्रस सेसाइटी पोखरा १५ उपशाखा कास्कीको व्यवस्थापनमा वडा अन्तर्गतका विद्यालय स्तरीय उपचार सेवा तालिम सम्पन्न भएको छ ।
तालिममा पोखरा १५ स्थित सामुदायिक तथा निजी गरी १४ विद्यालयका छात्र र छात्रा गरी २८ जना सहभागी रहे । प्रशिक्षकहरु गणेश भण्डारी र सूर्य तिमिल्सिनाले सहजीकरण गरेका छन् ।
तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले अब पूर्वाधार निर्माण तथा भौतिक संरचना निर्माणले मात्र विकास भएको नमानिने, उच्च अध्ययनले मात्र विद्वान नमानिने र सुविधायुक्त जीवनयापनले मात्र सम्पन्न नमानिने भन्दै मानवीय विकास, सामाजिक सेवा भावनाले मात्र ईज्जतिलो जीवन र मानव हुनुको अर्थ रहने बताए ।
यसका लागि विद्यालय तहदेखि नै बालबालिकालाई मानवीय भावनाको विकास, सामाजिक सेवाले ओतप्रोत बनाउँदै लैजानुपर्ने र यसका लागि रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
विद्यालयमा भैपरी रुपमा हुन सक्ने घटना, समाजमा आकस्मिक रुपमा हुने दुर्घटनामा घटनास्थलमै पुगी प्राथमिक उपचार गर्नुपर्ने हुँदा यसका लागि तयार रहनुपर्ने आवश्यकता बोध गरी प्राथमिक सेवा उपचार सम्बन्धी तालिम आयोजना गरेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी, पोखरा वडा नं. १५ उपशाखा सभापति कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेक्रस कास्कीका जुनियर युवा संयोजक रमेश भण्डारी, उपशाखा सचिव शिव भण्डारी, कार्यक्रम संयोजक तथा उपशाखा उपसचिव शर्मिला पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा वडा सचिव कृष्णप्रसाद गौतम, सिद्ध माविकी सहायक प्रधानाध्यापक जुना थापा लगायत उपस्थित थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ