पोखरा महानगरपालिका वडा नं. १२ मा संचालित तिन महिने निःशुल्क मन्टेश्वरी तालिमको समापन भएको छ । दैनिक पाचँ घण्टा संचालन भएको तालिममा पोखरा महानगरपालिका १२ का विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्वजारमा खोजी हुने विषयहरुको बारेमा तालिमका विषयहरुको खोजी र माग रहेको बताए ।
समुदायस्तरमा मन्टेश्वरी तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सीपमूलक तालीमलाई जोड दिँदै सिक्दै कमाउँदै कार्यक्रमहरु समावेश गरेको बताए ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले संचालन गरेको तालिमा २४ बढी महिलाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमका विशिष्ट अतिथि पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारिक रुपमा सिकाउन सके मात्र उपलब्धिमूलक हुने बताए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी प्रशंसा गुरुङले तालिमको प्रयोग गरेर साना साना बालबालिकाहरुलाई सिकाउने शिक्षण विधिले आफ्नो क्षमता वृद्धि भएको बताइन् ।
तालिममा सहभागी ६ जनाले रोजगारी समेत पाएको तालिम प्रशिक्षक सिता अधिकारी वाग्लेले जानकारी दिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ