करेन्ट प्रवाह भइरहेको बिजुलीको तार गुडिरहेको बसमाथि खस्यो भने त्यसपछिको अवस्था कति भयाभह होला ? भाग्यवश, यस्तो हुनबाट जोगिएको छ ।
पोखरामा बुधबार बिहान गुडिरहेको स्कूल बसलाई एक्कासी पोल भाँचिएर किच्यो । लत्रिएको तार बसभन्दा थोरै माथि हुँदा त्यसभित्र रहेका बालबालिका जोगिएका छन् ।
पोखरा नदीपुरस्थित न्यू ग्यालेसी माविको बस विद्यार्थी लिन जानेक्रममा बिहान साढे ९ बजे लामाचौरस्थित भक्ति पथमा पुगेको थियो । ठीक त्यसैबेला सिमेन्टको विद्युत खम्बा ढल्यो र बसलाई किच्यो । सौभाग्यले करेन्ट प्रवाह भइरहेको तारले थोरै मात्रले बसलाई छोएन र त्यसभित्रका सबैजना विद्यार्थी, चालक, सहचालक बाँच्न सकेका हुन् ।
विद्यालयका संस्थापक प्राचार्य डा. रामजी शर्माका अनुसार बस गुडिरहेकै अवस्थामा बिजुलीको पोल भाँचिएर बसमाथि परेको हो ।
‘बिहान ब्यस्त बाटोमा विद्यार्थी बोकिरहेको स्कुल बस माथि करेन्ट सहितको बिजुलीको पोल अचानक भाँच्चिएर खस्यो । भाग्यवस यो एम्बुसबाट स्थानीय जनताको क्वीक रेस्क्यूका कारण विद्यार्थीहरू जोगिन सफल भएका छन्’, शर्माले भने – ‘बसमा खम्बा अल्झिएकाले ब्यस्त समयमा हिँडिरहेका पैदलयात्रुहरू पनि करेन्टबाट जोगिन सफल भए । जीर्ण विद्युत खम्बाबारे जिम्मेवार निकायको गैरजिम्मेवार प्रतिक्रिया आयो ।’

पोखराका जीर्ण विद्युत पोल तथा खम्बाहरु मर्मत तथा फेर्न ढिलाई गर्न हुँदैन ।
यसअघि, २०७४ साउन २६ गते पोखराको शिशु निकेतन तथा राष्ट्रिय माविका शिक्षक विष्णु बस्ताकोटी रानीपौवामा मोटरसाइकलमा गुड्दै गर्दा बिजुलीको तार चुडिएर खसी एक्कासी करेन्ट लागेको थियो । अढाइ महिना लामो उपचारपछि पनि निको हुन नसकेका उनको २६ वर्षको उमेरमै मृत्यु भएको थियो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’