पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई सञ्चालकबिरुद्ध उजुरी दिन आग्रह गरेको छ ।
प्रहरीले मंगलबार सूचना प्रकाशित गरी फागुन ३० गतेभित्र उजुरी दिन आग्रह गरेको हो ।
सहकारीमा रकम जम्मा गरेको भरपर्दो आधार पासबुक, भौचर, स्टेटमेन्ट, मुद्धत प्रमाणपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएर उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।
पोखरा-९ न्यूरोडस्थित सहकारीको अध्यक्षसहित पदाधिकारीले बचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी राजिष्टारको कार्यालय पोखराले प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
विन्दवासिनी सहकारीको सात करोडभन्दा बढी रकम घोटला भएको छ ।
यस प्रकरणमा जोडिएका सहकारी अध्यक्ष सुवर्णमान नकर्मी, ऋण संयोजक कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी सन्दिप पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
साथै, संस्थाका सचिव एवं स्टेसनरी व्यवसायी गंगाधर सुवेदी लगायत फरार रहेकाले पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’