पाेखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।
शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए ।
फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो ।
आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो ।
प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो ।
सत्ताको रस्साकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार २ जना माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकीमा कांग्रेसका २७ सांसद छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर